पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु
काठमाडाैं | पुस ८, २०७९
चितवन: चितवनको राप्ती–२ गड्यौलीमा आज पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भई हाल गड्यौली बस्ने अब्दुल मसिनका ९ वर्षीय छोरा महमद एकलास रहेका छन्।
गम्भीर घाइते भएका उनको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो। प्रदेश २-०३-००१ च १७९२ नम्बरको पिकअप भ्यानले पैदलयात्री बालकलाई आज बिहान पौने ७ बजे ठक्कर दिएको हो।
सवारी साधनसहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

